काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरको १९औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । ‘रक्तदान जीवनदान–हामी सबैको योगदान’ भन्ने मूल नाराका साथ आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कमलादीस्थित आफ्नै मुख्य कार्यालयमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले वर्षको उत्कृष्ट कर्मचारीलाई पुरस्कृत पनि गरेको थियो । उक्त कार्यक्रममा सिटी एक्सप्रेसका ब्रान्ड एम्बेसडर तथा हाँस्य कलाकार जितु नेपाललगायत सहभागी थिए । सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी–पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गर्नुका साथै सिटी–पेबाट रेमिट्यान्स भुक्तानी पनि गर्न सकिने कम्पनीले जानकारी
दिएको छ ।