काठमाडौं । ग्लोबल युनिभर्सिटी सिस्टम क्यानडाले राजधानीमा ‘क्यानडा ब्याक, लिडरसिप ब्याक’ नामक शैक्षिक तथा नेतृत्व केन्द्रित कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रमले नेपाली विद्यार्थीहरूका लागि क्यानडामा उच्च शिक्षाको अवसर र परामर्शदाताहरू तथा क्यानडाली विश्वविद्यालयहरूबीचको सहकार्यलाई प्रवर्द्धन गरेको जनाइएको छ । कार्यक्रममा युनिभर्सिटी क्यानडा बेस्ट र हालै स्थापना भएको प्रविधि–केन्द्रित विश्वविद्यालय युनिभर्सिटी अफ नियग्रा फल्स समावेश थिए । कार्यक्रममा गस् क्यानडाका ब्रायन भिथिलिङ्गमले युनिभर्सिटी क्यानडा वेस्टद्वारा प्रदान गरिने बाचलर अफ कमर्स, बिए इन बिजनेस कम्युनिकेसन, तथा एमबीए (मार्केटिङ, फाइनान्स, बिजनेस एनालिटिक्स)जस्ता व्यवसाय केन्द्रित कोर्सहरूको जानकारी गराएका थिए । उनले प्रि–एमबीए कार्यक्रम र भ्यानकुवर सहरमा रहेको क्याम्पसको अतिरिक्त लाभका बारेमा पनि उल्लेख गरे ।
यस्तै, दक्षिण एसिया, युनिभर्सिटी क्यानडा बेस्टका क्षेत्रीय निर्देशक कल्याण मोहनले युनिभर्सिटी अफ नियाग्रा फल्स क्यानडाको जानकारी गराउँदै यसले नवप्रवर्तन, प्रविधि र भविष्यमुखी शैक्षिक कार्यक्रमहरूमा ध्यान दिने बताए । उनका अनुसार यहाँ उपलब्ध प्रमुख कोर्सहरूमा ब्याचलर अफ एप्लाइड कम्प्युटर साइन्स, ब्याचलर अफ बिजनेस एड्मिनिस्ट्रेसन र मास्टर्स इन डाटा एनालिटिक्स एन्ड डिजिटल मिडिया रहेका छन् । कार्यक्रममा सहभागी परामर्शदाता संस्थाहरूले गस क्यानडाको सेवा, पारदर्शी प्रक्रिया र विद्यार्थीमुखी कार्यप्रणालीको प्रशंसा गरेका थिए । उनीहरूले यस्ता कार्यक्रमहरू अझ प्रभावकारीरूपमा विद्यार्थीलाई मार्गदर्शन गर्न उपयोगी हुने धारणा राखे ।