काठमाडौं । नेपालको पहिलो खाना डेलिभरी कम्पनी फुडमान्डुले आफ्नो सेवाहरूमार्फत ग्राहकहरूको ‘लाइफ अझै बेटर’ बनाउने प्रतिबद्धता जनाएको छ । कम्पनीले सन् २०१० देखि नै ग्राहकहरूलाई स्वादिष्ट खानासँग जोड्दै दैनिक जीवनमा सहजता र सुविधा पुर्याउने काम गरिरहेको छ । गुणस्तरीय खानाको डेलिभरीमार्फत फुडमान्डुले ग्राहकहरूलाई सरलता र खुसी प्रदान गर्दै आएको दाबी गरेको छ ।
फुडमान्डुकी ब्रान्ड एन्ड मार्केटिङ म्यानेजर इनेशा भट्टराई भन्छिन्, ‘विगत १४ वर्षदेखि हामी हाम्रा ग्राहकहरूको दैनिक जीवनलाई सहज बनाउन प्रतिबद्ध छौँ । हामी केवल खाना डेलिभरी मात्र हैन, सो खानामार्फत हाम्रा ग्राहकहरूसम्म सहजता र खुसी पनि पुर्याउँछौँ ।’ ‘लाइफ अझै बेटर’ बनाउनु नै सधैँ कम्पनीको सिद्धान्त रहेको जनाइएको छ । ‘व्यस्त दिनको दिउँसो खाना होस् वा सप्ताहन्तमा प्रियजनहरूसँगको भेला, हामीले हाम्रा ग्राहकहरूको आवश्यकता सधैं पूरा गर्दै आएका छौँ’, उनले भनिन् ।
फुडमान्डुले काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, बुटवल र पोखराका हजारौँ घरदैलोमा खाना पुर्याउने काम गरिरहेको जानकारी दिएको छ । फुडमान्डुको एक हजारभन्दा बढी रेस्टुरेन्टहरूसँग साझेदारी रहेको छ । यसका साथै फुडमान्डुले वनमार्टमार्फत ग्राहकहरूको दैनिक आवश्यकता पर्ने सामानहरूका लागि तुरुन्तै डेलिभरी सेवा पनि दिँदै आएको कम्पनीले जानकारी दिएको छ ।