काठमाडौँ — वर्षौँदेखि मिटर ब्याजका नाममा सयौँलाई ठग्दै आएका राजकुमार बराललाई प्रहरीले पक्राउ गरेको छ। दर्जनौं उजुरी परे पनि राजनीतिक संरक्षणले जोगिँदै आएका बरालको पक्राउलाई प्रहरीको ठूलो सफलता मानिएको छ।बरालमाथि गैरकानुनी रूपमा ब्याज असुली, अपहरण, धम्की, झुटा मुद्दा लगाउने, र बेपत्ता बनाउने जस्ता गम्भीर आरोप छन्।
कतारबाट फर्किएपछि छोटो समयमै अकूत सम्पत्ति जोड्दै आएका उनले आफन्तको नाममा समेत सम्पत्ति लुकाएको खुल्न आएको छ। बरालको त्रासले एक व्यक्तिले आत्महत्या गरे भने अर्का सतिश श्रेष्ठ अझै बेपत्ता छन्। प्रहरीको कारबाहीसँगै मिटर ब्याज पीडितमा आशा पलाएको छ।