भक्तपुर — भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका भूमि सुधार शाखा प्रमुख कुमार आचार्य र कार्यालय सहयोगी टीकाराम राउतलाई २४ लाख ५० हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको छ।मोही–तल्सिङको नाममा जग्गा नामसारी मिलाइदिने भन्दै मागिएको घुस रकम लिँदै गर्दा राउत कार्यालयमै पक्राउ परेका हुन्। प्रमुख आचार्यको साथबाट २ वटा मोबाइल डिभाइस र राउतको साथबाट २४.५० लाख रुपैयाँसहित एक मोबाइल डिभाइस पनि बरामद गरिएको छ।
अख्तियारका अनुसार उनीहरू भक्तपुरको चाँगुनारायण नगरपालिका क्षेत्रभित्रको १४ रोपनी ४ आना जग्गा मोहीका नाममा पुर्जा बनाइदिने नाममा पैसा असुलेको आरोपमा मुछिएका हुन्। घटनाको थप अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ।