काठमाडौं । वाणिज्य बैंकहरूको खुद नाफा ओरालो लाग्दै गएको छ । मुलुकको समग्र अर्थतन्त्र पूर्णरूपमा चलायमान हुन नसक्दा बैंकिङ क्षेत्रको निक्षेप बढे पनि कर्जा प्रवाह हुन सकेको छैन । त्यसैले पछिल्लो समय वाणिज्य बैंकहरूको खुद नाफा ओरालो लाग्दै गएको हो ।
नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको ११ महिनामा २० वटा वाणिज्य बैंकले ५३ अर्ब ९७ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । जुन गत आर्थिक वर्ष (आव)को सोही अवधिको तुलनामा चार दशमलव ९७ प्रतिशत कम हो । गत आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकहरूले ५६ खर्ब ७९ अर्ब ४४ लाख रुपैयाँ नाफा कमाएका थिए ।
पछिल्लो अवधिमा नौ वटा बैंकको खुद नाफा बढेको छ भने ११ वटाको घटेको छ । सोमध्ये प्राइम कमर्सियल बैंक, स्ट्यान्र्डर्ड चार्टर्ड बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल एसबीआई बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, हिमालयन बैंक, एनआईसी एसिया बैंक र कुमारीको नाफा घटेको छ भने नबिल बैंक, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, एभरेस्ट बैंक, नेपाल बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंक र लक्ष्मी सनराइज बैंकको नाफा बढेको छ ।
प्रतिवेदनअनुसार चालू आवको ११ महिनामा नबिल बैंकले छ अर्ब ४० करोड ८३ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा एक दशमलव १० प्रतिशतले मात्र बढी हो । एक वर्षअघि बैंकलले ११ महिनामा छ अर्ब ३३ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको थियो । ग्लोबल आइएमई बैंकले पनि समीक्षा अवधिमा छ अर्ब तीन करोड ६४ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिमा १८ दशमलव ५९ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा ग्लोबलको नाफा पाँच अर्ब नौ करोड चार लाख रुपैयाँ थियो । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले पनि चालू आवको ११ महिनामा पाँच अर्ब ६८ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन एक वर्षअघिको तुलनामा २९ दशमलव ८३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा चार अर्ब ३८ करोड १३ लाख रुपैयाँ नाफा थियो ।
एभरेस्ट बैंकले पनि ११ महिनामा चार अर्ब २४ करोड सात लाख रुपैयाँ खुद नाफा कमाएको छ । एभरेस्टको यो नाफा गत आवको सोही अवधिको तुलनामा २८ प्रतिशत बढी हो । गत वर्ष ११ महिनामा बैंकले तीन अर्ब ३१ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । नेपाल बैंकले पनि तीन अर्ब सात करोड छ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन एक वर्षअघिको तुलनामा एक सय ८५ दशमलव २७ प्रतिशत बढी हो । गत आवको ११ महिनामा बैंकले एक अर्ब सात करोड ६४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
एनएमबी बैंकले पनि पछिल्लो अवधिमा तीन अर्ब तीन करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा नौ दशमलव १८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा एनएमबीको यस्तो नाफा दुई अर्ब ७७ करोड ६४ लाख रुपैयाँ थियो ।
प्राइम कमर्सियल बैंकले पनि गत ११ महिनामा दुई अर्ब ९० करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ । जुन एक वर्षअघिको तुलनामा १८ दशमलव २९ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा प्राइमको यस्तो नाफा तीन अर्ब ५५ करोड ५१ लाख रुपैयाँ थियो । स्ट्यान्र्डर्ड चार्टर्डले पनि पछिल्लो अवधिमा दुई अर्ब ७२ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन एक वर्षअघिको तुलनामा नौ दशमलव ७० प्रतिशतले कम हो । गत आवको सोही अवधिमा यो बैंकको यस्तो नाफा तीन अर्ब एक करोड ९० लाख रुपैैयाँ थियो ।
लक्ष्मी सनराइज बैंकले भने पछिल्लो अवधिमा दुई अर्ब ५७ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा आठ दशमलव ६३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा यो बैंकको यस्तो नाफा दुई अर्ब ३७ करोड ४३ लाख रुपैयाँ थियो । प्रभु बैंकले पनि पछिल्लो अवधिमा दुई अर्ब ३१ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा २३ दशमलव ९० प्रतिशतले कम हो । गत आवको सोही अवधिमा प्रभुको यस्तो नाफा तीन अर्ब तीन करोड ४२ लाख रुपैयाँ थियो ।
सिद्धार्थ बैंकले पनि चालू आवको पछिल्लो ११ महिनामा दुई अर्ब २१ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा दुई दशमलव २९ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा यो बैंकको यस्तो नाफा दुई अर्ब २७ करोड दुई लाख रुपैयाँ थियो । राष्ट्रिय वाणिज्य बैंकले पनि पछिल्लो अवधिमा दुई अर्ब २० करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा २८ दशमलव नौ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा यो बैंकको यस्तो नाफा तीन अर्ब छ करोड ८३ लाख रुपैयाँ रहेको थियो ।
सानिमा बैंकले गत ११ महिनामा दुई अर्ब १५ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा तीन दशमलव १३ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा सानिमाको यस्तो नाफा दुई अर्ब नौ करोड तीन लाख रुपैयाँ थियो ।
चालू आवको पछिल्लो ११ महिनामा कृषि विकास बैंकले भने एक अर्ब ८१ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ३९ दशमलव ८५ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा यो बैंकको यस्तो नाफा ततीन अर्ब दुई करोड ४९ लाख रुपैयाँ थियो । नेपाल एसबीआईले पनि पछिल्लो अवधिमा एक अर्ब ५४ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा छ दशमलव ९६ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा यो बैंकको यस्तो नाफा एक अर्ब ६६ करोड ५२ लाख रुपैयाँ रहेको थियो ।
माछापुच्छ्रे बैंकले पनि पछिल्लो अवधिमा एक अर्ब ५० करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १७ दशमलव ५३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा यो बैंकको यस्तो नाफा एक अर्ब २८ करोड ४२ लाख रुपैयाँ थियो । सिटिजन्सले भने पछिल्लो अवधिमा एक अर्ब ४१ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १९ दशमलव ६६ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा यो बैंकको यस्तो नाफा एक अर्ब ७५ करोड ६७ लाख रुपैयाँ थियो । हिमालयन बैंकले पनि पछिल्लो अवधिमा ९० करोड ५४ लाख रुपैयाँ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ६७ दशमलव २७ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा यो बैंकको यस्तो नाफा दुई अर्ब ७६ करोड ६० लाख रुपैयाँ रहेको थियो ।
एनआईसी एसिया बैंकले पनि पछिल्लो अवधिमा ८२ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ६२ दशमलव ८८ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा यो बैंकको यस्तो नाफा दुई अर्ब २३ करोड ५४ लाख रुपैयाँ रहेको थियो । कुमारी बैंकले पनि पछिल्लो अवधिमा ३७ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ७७ दशमलव ८४ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा कुमारीको यस्तो नाफा एक अर्ब ६७ करोड ४५ लाख रुपैयाँ थियो ।