सुर्खेत, मिडिया हाउसको नाममा नक्कली नोट छपाइ र लागूऔषध कारोबार गर्ने गिरोहलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेत र बाँके कोहलपुर प्रहरीको संयुक्त अपरेसनमा १३ लाख नक्कली नोट, ३०.६७२ किलो अफिम जस्तो देखिने लागूऔषध र छपाइमा प्रयोग हुने उपकरणसहित पाँच जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जन गर्जन नेटवर्क प्रा.लि. नामक मिडियाका सञ्चालक कालिकोटका मानबहादुर सहकारीसहित जाजरकोटका चार जना छन्। अपरेसन सोमबारदेखि सुरु भएको थियो भने अनुसन्धान अझै जारी रहेको प्रहरीले जनाएको छ। प्रहरीले पक्राउ परेकामाथि खोटा मुद्रा र लागुऔषध कारोबार अन्तर्गत म्याद थप गरी अनुसन्धान गरिरहेको छ।