नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण बुधबार विराटनगरस्थित कोइराला निवास पुगेका छन्। कोइराला निवासमा उपस्थित खाँणले पत्रकार सम्मेलन गर्दै कोइराला परिवारप्रति सम्मान व्यक्त गरे भने गुट फेरेको खुलेर नबताए पनि शेखर कोइरालाको क्याम्पमा नजिकिएको संकेत दिए। खाँणले कोइराला निवासलाई गुटको केन्द्र नभई ‘पवित्र भूमि’ भएको बताउँदै पार्टी बलियो बनाउन सभापतिसँगको समन्वय आवश्यक रहेको धारणा राखे। देउवासँग टाढिएको संकेत र कोइराला समूहप्रतिको झुकावले कांग्रेसभित्रको आन्तरिक राजनीति फेरि तातिएको देखिएको छ।