काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया स्पष्ट पार्दै नयाँ कार्यविधि सार्वजनिक गरेको छ।पार्टीका सहमहामन्त्री विपिन आचार्यका अनुसार, रुपन्देही–३ उपनिर्वाचनलाई आधार मानेर कार्यविधि पारित गरिएको हो। उम्मेदवार छनोटका लागि नेतृत्व क्षमता, राजनीतिक निकटता, समावेशिता र प्रारम्भिक निर्वाचनको परिणामलाई मापदण्ड बनाइएको छ। रास्वपाका प्रवक्ता मनिष झाले लिडरसिप एकेडेमी (२५%), राजनीतिक निकटता (२०%), समावेशिता (५%) र प्रारम्भिक निर्वाचन (५०%) का आधारमा अङ्कभार निर्धारण गरिने जानकारी दिए। पार्टीले एक साताभित्र उम्मेदवार छनोट तालिका सार्वजनिक गर्ने बताएको छ।