काठमाडौँ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पोखराको विवादित जग्गा प्रकरणसम्बन्धी सार्वजनिक अडियो रेकर्डप्रति कडा आपत्ति जनाउँदै आफू र परिवारको चरित्र हत्या गर्ने प्रयास भएको आरोप लगाएका छन्।मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले उक्त अडियो सुनियोजित ढंगले सार्वजनिक गरिएको दाबी गर्दै, “यथार्थ छानबिन होस्, दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु,” भनेर स्पष्ट सन्देश दिएका छन्।
उनले मन्त्रालयमा भूमि सुधार र सहकारी क्षेत्रमा एक वर्षभित्र उल्लेखनीय काम भएको दाबी गर्दै, “राम्रो कामको सराहना गर्नुको सट्टा चरित्रमाथि प्रहार गर्नु दुःखद हो,” भनेका छन्।साथै उनले सत्यतथ्य बाहिर ल्याउन सञ्चारमाध्यमलाई आग्रह गर्दै आफू छानबिनमै साथ दिन तयार रहेको बताएका छन्।