काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले एक वर्षको अवधिमा आफ्नो मन्त्रालयले करिब ९० प्रतिशत कार्यसम्पादन गरेको दाबी गरेका छन् ।
मन्त्री भएको एक वर्ष पुगेको अवसरमा बिहीबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा मन्त्री खड्काले आफू मन्त्री भएपछि ऐतिहासिक उपलब्धिहरू भएको बताए ।
कार्यक्रममा मन्त्री खड्काले उल्लेखनीय नीतिगत सुधारसँगै भौतिक पूर्वाधारको विकास, विद्युत् उत्पादन तथा अन्तरदेशीय व्यापारमा महत्वपूर्ण प्रगति हासिल गरेको दाबी गरेका थिए ।
मन्त्री खड्काले प्रधानमन्त्रीसँगको कार्यसम्पादन सम्झौताअनुसार कार्ययोजना बनाएर पहिलो दिनदेखि नै काम गरेकै कारण यो उपलब्धि हासिल गर्न सकेको बताए ।
उनका अनुसार यो एक वर्षको अवधिमा छ सय ३१ मेगावाट विद्युत् थपिएको छ भने कुल जडित क्षमता ३८ सय ७८ मेगावाट पुगेको छ ।
म मन्त्री हुनुभन्दाअघि ३२ सय मेगावाटको हाराहारीमा विद्युत् उत्पादन हुने गरेकोमा अहिले ३८ सय ७८ मेगावाट विद्युत् उत्पादन भई राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ मन्त्री खड्काले बताए ।
मन्त्री खड्काका अनुसार बर्खायाममा दैनिक आठ सय मेगावाटभन्दा बढी विद्युत् भारत र बंगलादेशमा बिक्री भइरहेको छ भने सुख्खायाममा किन्ने गरिएको समेत उनले बताए ।
मन्त्री खड्काले २०७२–२०७५ सम्मको डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता विवाद समेत टुङ्ग्याउने अब छिट्टै हल हुने प्रक्रियामा रहेको मन्त्री खड्काको बताए । मन्त्री खड्काले एक वर्ष अवधिमा १७ हजार तीन सय आठ हेक्टर जमिनमा सिँचाइ पूर्वाधार विस्तार गरेको छन् ।