काठमाडौं । नेपालको निर्जीवन बीमा क्षेत्र दिनप्रतिदिन प्रतिस्पर्धी र चुनौतीपूर्ण बन्दै गइरहेको हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले जनाएको छ । तीव्र गतिमा परिवर्तन भइरहेको वातावरणमा बीमा कम्पनीहरूले आफ्नो व्यवसाय वृद्धि र नाफा कायम राख्न ग्राहक सेवा र सञ्चालन दक्षमतामा निरन्तर सुधार गर्नुपर्ने आवश्यकताका बीच आर्थिक वर्ष २०८१/८२ असार मसान्तमा व्यवसाय विस्तारमा एचईआईले उल्लेखनीय सफलता हासिल गरेको जानकारी दिएको छ ।
यस अवधिमा कम्पनीले कुल चार अर्ब तीन करोड रुपैयाँ प्रिमियम आर्जन गरेको छ । यस आर्थिक वर्षको अन्त्यसम्ममा अघिल्लो वर्षको सोही अवधिको तुलनामा दोहोरो अंकको वृद्धि हासिल गर्न कम्पनी सफल भएको छ । तीव्र प्रतिस्पर्धात्मक बजारमा हासिल भएको यस सफलता ग्राहकहरूको निरन्तरको विश्वास, सञ्चालन उत्कृष्टता र सम्पूर्ण कर्मचारीवर्गको निरन्तरको मिहिनेत र लगनशीलताको उपजको रूपमा कम्पनीले बुझेको छ । यसैगरी समीक्षा अवधिमा कम्पनीले कुल एक अर्ब ६५ करोड कुल दाबी भुक्तानी गरेको छ । छिटो छरितो र सहज हिसाबबाट नियामकीय व्यवस्थाअनुरूप दाबी फछ्र्यौट गर्दै ग्राहकको सेवामा अब्बल रहन निरन्तर प्रयास कायम रहने कम्पनीले जनाएको छ ।
वार्षिक उपलब्धि हासिल गरेपछि भिडियोमार्फत सबैलाई सम्बोधन गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले यो उपलब्धिले नयाँ ऊर्जा, आशा र आत्मविश्वास मिलेको उल्लेख गरेकी छन् । यो सबैका लागि नयाँ बेन्चमार्क हुने जसलाई आधार मानेर थप उचाइमा पुग्ने अपेक्षा गरेको बताइन् । अबको आर्थिक वर्षमा कम्पनीले ग्राहक सन्तुष्टि र सम्बन्ध सुदृढीकरणलाई निरन्तरता दिँदै डिजिटाइजेसन र प्राविधिक आधुनिकीकरणलाई प्राथमिकता दिएको जानकारी दिए ।
प्राकृतिक प्रकोपलगायतका कारणबाट भएको क्षतिको दाबी फछ्र्यौट विशेष प्राथमिकतामा रहने कम्पनीले जनाएको छ । प्राकृतिक प्रकोपलगायतका कारणबाट भएको क्षतिको दाबी फछ्र्यौट विशेष प्राथमिकतामा रहेको कम्पनीले जनाएको छ । यी चुनौतीहरूका बीच पनि हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले देशका उत्कृष्ट निर्जीवन बीमा कम्पनीहरूमा आफ्नो स्थान निरन्तर सुरक्षित राख्न सफल भएको छ । हालसम्म हासिल यस उपलब्धिबाट आफ्नो व्यावसायिक प्रतिष्ठा वृद्धि गर्दै तल्लो तहसम्म बीमाको पहुँच र ग्राहककेन्द्रित सेवामा आफूलाई समर्पित गरेको विश्वास छ ।
वित्तीय चुनौतीका बाबजुद पनि एचईआईले समयमै दाबी भुक्तानी गर्न र निरन्तर दाबीलाई सुधार गर्न सफल भएको छ । तीव्र प्रतिस्पर्धी बजार, प्राकृतिक प्रकोपलगायतका कारणले बढ्दो दाबी भुक्तानी, सञ्चालन खर्चमा भएको वृद्धिका बाबजुद प्रति सेयर आम्दानीमा निरन्तर वृद्धि गर्दै सेयरधनीहरूलाई स्थिर प्रतिफल दिन सक्षम रहने विश्वास कम्पनीले लिएको छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले तीव्र प्रतिस्पर्धात्मक बजारमा पनि ग्राहकको विश्वास, सञ्चालन उत्कृष्टता र वित्तीय सुदृढतामा केन्द्रित रहँदै आफ्नो सफलता निरन्तर कायम राखेको छ । बढ्दो प्रतिस्पर्धाका बाबजुद पनि कम्पनीले अपनाएको दूरदर्शी रणनीति र अनुशासित कार्यान्वयनले आगामी दिनमा थप उचाइ हासिल गर्न कम्पनी सफल हुने अपेक्षा गरिएको छ ।