काठमाडौँ,को बबरमहलस्थित होप फर्टिलिटी एण्ड डाइगोनोस्टिक प्रालिले १८ वर्षमुनिका बालिकालाई डिम्ब निकाल्न प्रयोग गरेको खुलासा भएपछि पाँच जनामाथि सीआईबीले अनुसन्धान थालेको छ।डा. अशिम अधिकारीसहित डाक्टर र कर्मचारी पक्राउ परे पनि जिल्ला अदालतले उनीहरूलाई हाजिरी जमानीमा रिहा गरेको छ। बालिकालाई १० हजार रुपैयाँ प्रलोभनमा डिम्ब निकालिएको पाइएपछि बालबालिका ऐनअनुसार मुद्दा चलाइएको सीआईबीले जनाएको छ। यस घटनाले डिम्ब कारोबारमा नियमन र बाल अधिकार सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ।