किएभ । युलिया स्भिरिडेन्को अब युक्रेनको नयाँ प्रधानमन्त्री बनेकी छिन् । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उनको नाम सिफारिस गरेपछि युक्रेनी संसद्ले उनलाई प्रधानमन्त्रीको रूपमा निर्वाचित गरेको हो ।
युलिया यसअघि उपप्रधानमन्त्री तथा अर्थमन्त्री थिइन् । उनी ३९ वर्षकी छिन् र पेसाले अर्थशास्त्री हुन् । उनले २०२० देखि प्रधानमन्त्री पद सम्हालिरहेका डेनिस श्मिहालको स्थान लिएकी छिन् । उनले अमेरिकासँग अनि सम्झौता गर्न मुख्य वार्ताकारको रुपमा भूमिका निभाएकी थिइन् । त्यसपछि उनको अत्यधिक प्रशंसा भएको थियो ।
स्विरिडेन्को युक्रेनको सरकारमा नयाँ भूमिका लिने अधिकारीहरूको समूहमध्ये एक हुन । राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले युद्धले थकित राष्ट्रलाई नयाँ ऊर्जा दिन र रुसको निरन्तर आक्रमणको सामना गर्न घरेलु हतियार उत्पादन बढाउने प्रयासमा मन्त्रिपरिषद्को फेरबदल गरेका हुन् ।
नयाँ मन्त्रिपरिषद्मा अन्य केही परिवर्तनहरू पनि भएका छन् । श्मीहाल अझै पनि मन्त्रिपरिषद्मा रहनेछन् तर रक्षामन्त्री भने हुने छैनन् । उनको ठाउँमा रुस्तम उमरोभ पहिले जस्तै रक्षामन्त्री रहनेछन् । यसअघि जेलेन्स्कीले श्मीहाललाई रक्षामन्त्री बनाउने कुरा गरेका थिए ।