गण्डकी, पोखरा–मुग्लिन सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (पोखरा–जामुने)मा ११ वटा पुल निर्माण सम्पन्न भएका छन् भने दुई वटा पुल निर्माणाधीन छन्। तनहुँ र कास्कीका विभिन्न खोलामा निर्माण सकिएको पुलहरूमध्ये विजयपुर र सेती खोलाको पुल निर्माण जारी छ।विजयपुर पुलको भौतिक प्रगति ६० प्रतिशत पुगेको छ भने सेती पुल ४८ प्रतिशत मात्र प्रगति अवस्थामा छ। तीन वर्षे ठेक्का अवधि सकिन लागे पनि सेती पुलमा ढिलाइ भएको छ। केबल–स्टेड प्रविधिमा निर्माण भइरहेको सिग्नेचर पुल आकर्षक डिजाइनमा बन्नेछ। ४ लेनमा विस्तार भइरहेको सडकको पश्चिम खण्डमा ५५.१० प्रतिशत र पूर्वी खण्डमा ८६ प्रतिशत भौतिक प्रगति भएको छ। पश्चिम खण्डमा ३६.५ किमी सडक कालोपत्र भइसकेको छ भने पूर्वी खण्डमा कालोपत्र सकिए पनि मार्किङ र सौन्दर्यीकरण बाँकी रहेको आयोजनाले जनाएको छ।