काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन् । गत साल असारमा प्रधानमन्त्रीमा नियुक्त भएयता ओलीको भारत भ्रमण हुन नसकिरहेको अवस्थामा बहुप्रतीक्षित बनेको भारत भ्रमण अन्तत तय भएको छ । प्रधानमन्त्री ओली दुईदिने भ्रमणको लागि भदौ ३१ गते भारत जान लागेका हुन् । यसैबिच नेपालका प्रधानमन्त्रीको भारत भ्रमण लगत्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण हुने भएको छ । मोदीले कार्तिकमा काठमाडौं भ्रमण गर्ने गरी तयारी गरेको बताइएको छ ।