काठमाडौं । हिम स्टार ऊर्जा कम्पनी लिमिटेड र एनआईसी एसिया क्यापिटल लिमिटेडबीच सेयर रजिस्ट्रार नियुक्ति गर्नेसम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ ।
उक्त सेयर रजिस्ट्रार सेवाअन्तर्गत हिम स्टार ऊर्जा कम्पनी लिमिटेडको संस्थापक समूह तथा सर्वसाधारणमा निष्काशन गरिएको साधारण सेयरहरू सीडीएस एन्ड क्लियरिङ लिमिटेडमा दर्ता गर्ने, नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सेयर कारोबारको लागि सूचीकरण गर्ने तथा सर्वसाधारणमा बाँडफाँट भएको साधारण सेयर सम्बन्धित सेयरधनीहरूको हितग्राही खातामा जम्मा गरिदिने, कारोबार भएको सेयरहरूको अभिलेख राख्ने, दाखिल खारेज गर्ने, सेयरधनी लगत अध्यावधिक गरी राख्नेलगायतका सेयर रजिस्ट्रारसम्बन्धी सम्पूर्ण कार्यहरू आइतबारदेखि एनआईसी एसिया क्यापिटलमार्फत हुने कम्पनीले जानकारी दिएको छ ।