काठमाडौं । कृषि विकास बैंक लिमिटेडले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आईक्यान)द्वारा आयोजित ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड (बीपीए) २०२४’ समारोहमा ‘पब्लिक सेक्टर बैंकिङ इन्स्टिच्युसन’ विधाअन्तर्गत ‘सिल्भर अवार्ड’ प्राप्त गर्न सफल भएको छ ।
बैंकका अनुसार यो प्रतिष्ठित अवार्ड साफा आईटीएजी बीपीए गाइलाइन्स २०२४को मूल्यांकन विधिअनुसार प्रदान गरिएको हो । कृषि विकास बैंकले आफ्नो वार्षिक प्रतिवेदनमा पारदर्शिता, वित्तीय प्रस्तुतीकरणको गुणस्तर र सूचनाको स्पष्टताका लागि यो सम्मान प्राप्त गरेको बैंकले जानकारी दिएको छ । बैंकले वित्तीय सुशासन र पारदर्शितालाई उच्च प्राथमिकता दिँदै आएको र यो अवार्डले त्यसको पुष्टि गरेको जनाएको छ ।