काठमाडौं । शेयर बजार परिसुचक नेप्से झिनो अंकले उकालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से परिसुचक शुन्य दशमलव ३२ अंकले उकालो लागेर २८ सय ७० दशमलव ९५ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने दुई दशमलव ४६ अंकले ओरालो लागेर चार सय ९८ दशमलव शुन्य तीन बिन्दुमा झरेको छ ।
धितोपत्र बजारमा आज तीन सय १६ वटा कम्पनीहरुको एक लाख ७८ हजार एक सय ७६ पटकको कारोबारमा पाँच करोड १६ लाख ५८ हजार तीन सय ८५ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम २१ अर्ब ४६ करोड ४९ लाख ९४ हजार एक सय ३३ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर किनबेच भएका छन् । जसमध्ये होटल तथा पर्यटन, जीवन बीमा, निर्जीवन बीमा, सामुहिक लगानी कोष र अन्य समुहको सुचक उकालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत लघुवित्त, उत्पादनमुलक, व्यापार र लगानी उपसमुहको सुचक ओरालो लागेका छन् ।