ओखलढुङ्गा । चिसङ्खुगढी गाउँपालिका–१ कुइभिरमा करेन्ट लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । सोलुखुम्बुका चन्द्र राईको यही साउन ३ गते बेलुका करिब १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । खोटाङ दिक्तेल जाने क्रममा नेचासल्याण गाउँपालिका–४ बस्ने अन्दाजी ३० वर्षे राई फुपू चन्द्रमाया राईको घरमा बसेका थिए । सोही समयमा मेघगर्जनसहित वर्षा भएपछि विद्युतको एमसिबी चलाउने क्रममा उनको करेन्ट लागेको मृत्यु भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालयले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।