काठमाडौँ । प्रहरीले जुवा तास खेलिरहेका पाँच जनालाई एक लाख ३५ हजार ३०० सहित नियन्त्रणमा लिइ आइतबार सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहरार्ले सर्लाहीको लालबन्दी नगरपालिका–११ घर भई हाल काठमाडौँ महानगरपालिका–१३ ताहाचल बस्ने ३२ वर्षीय बिम्मा छिरिङ दोर्जे थिङ, शङ्खरापुर नगरपालिका–१ नाङ्लेभारे घर भई बस्ने ४३ वर्षीय वाङ दोर्जे लामा, काभ्रेपलाञ्चोकको चौर देउराली गाउँपालिका–३ घर भई हाल चन्द्रागिरि नगरपालिका–३ गैरी गाउँ बस्ने ४५ वर्षीय सोमबहादुर तामाङ, चन्द्रागिरि नगरपालिका–१३ नैकापका ५० वर्षीय अमिरराज थापा तथा नुवाकोट बेलकोटगढी नगरपालिका–५ घर भई हाल काठमाडौँ महानगरपालिका–१५ डल्लु बस्ने ४२ वर्षीय पर्शुराम श्रेष्ठ नियन्त्रणमा लिएको जानकारी दिए ।
उनले भने, “काठमाडौँ–१३ ताहाचलस्थित एक घरमा जुवा तास खेल्ने तथा खेलाउने कार्य गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीवृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।”