काठमाडौं । घुस काण्डमा मुछिएपछि राजीनामा दिएका पूर्वसामान्य प्रशासन तथा स्थानीय विकासमन्त्री राजकुमार गुप्ताको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान सुरु भएको छ ।
जिल्ला मालपोत कार्यालय कास्कीका प्रमुखको सरुवा तथा थमौतीका साथै भूमि आयोगको सदस्य बनाइदिने भन्दै ७८ लाख घुस लेनदेन गरेको अडियोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको समाचार आर्थिक दैनिकले गत असार ११ गते प्रकाशित गरेको थियो ।
मन्त्री गुप्ताको अडियोसहितको समाचार सार्वजनिक भए पनि दबाबमा परेका प्रधानमन्त्रीले राजीनामा दिन निर्देशन दिएपछि असार ३१ गते मन्त्री पदबाट गुप्ताले राजीनामा दिएका थिए । गुप्ताको राजीनामालगत्तै अख्तियारले घुस काण्डको विषयमा बयान लिन सुरु गरेको हो ।