काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीका भरपर्दो र टिकाउ पावर बैंकहरू नेपाली बजारमा सर्वसुलभरूपमा र सरल मूल्यमा उपलब्ध छन् ।
कम्पनीका अनुसार शाओमीका तीन हजार चार सय ९९ रुपैयाँदेखि चार हजार नौ सय ९९ रुपैयाँसम्मका पावर बैंकहरू बजारमा पाइन्छन् । कम्पनीको शाओमी पावर बैंक ४आइ १० हजार एम ए एचको मुल्य तीन हजार चार सय ९९ रुपैयाँ छ । २२ दशमलव पाँच वाट फास्ट चार्जिङ पावर भएको पातलो, कम्प्याक्ट र भरपर्दो पावर बैंकले एकैचोटि तीनवटा डिभाइस चार्ज गर्न सक्छ । यसमा युएसबी–सी र युएसबी–ए दुवै पोर्ट छन् । यसले टु वे चार्जिङ पनि सपोर्ट गर्छ । यसको १८ वाट चार्जरले चार घण्टामै डिभाइसलाई पूरै चार्ज गर्छ । क्ल्यासिक ब्ल्याक, ओलिव ग्रिन र कोरल पर्पल रंगहरूमा उपलब्ध यो पावर बैंक दिनभर आफूले प्रयोग गर्ने डिभाइसमा पावर चाहिने विद्यार्थी र काम गर्ने मानिसहरूको लागि एकदमै उपयुक्त छ ।
यस्तै, शाओमी पकेट पावर बैंक १० हजार एमएएच चार हजार दुई सय ९९ रुपैयाँमा पाइन्छ । यसमा बिल्ट–इन केबल भएकोले अलग्गै चर्जिङ्ग केबल चाहिँदैन । ४आई जस्तै २२.५ वाट फास्ट चार्जिङ पावर भएको यस डिभाइसले एकैचोटि तीनवटा डिभाइस चार्ज गर्न सक्छ । बिल्ट–इन केबल र युएसबी–सी र युएसबी–ए दुवै पोर्टले ३.५ घण्टामा पूरै चार्ज हुन्छ । यो पावर बैंक मरून र ब्लु रंगमा उपलब्ध छ । कम्पनीको रेड्मी पावर बैंक २० हजार एमएएचको मूल्य भने चार हजार चार सय ९९ रुपैयाँ रहेको छ । यसमा भएका सुरक्षा सुविधाहरू अत्यधिक ताप, सर्ट सर्किट, उच्च भोल्टेजजस्ता समस्याविरुद्ध १२ लेयर सुरक्षा दिन्छ । कालो र सेतो रंगमा उपलब्ध यो पावर बैंक, धेरै डिभाइस भएका ठाउँमा, चार्जिङ स्पट कम भएका ठाउँमा र लामो यात्रा गर्नेहरूको लागि उपयुक्त छ ।
यस्तै, शाओमी पावर बैंक ४आई २० हजार एमएएच चार हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध छ । ३३ वाट सोनिक चार्जिङ भएको यो हेबी–ड्युटी पावर बैंकले एकैचोटि तीनवटा डिभाइस चार्ज गर्न सक्छ । फिटनेस ट्रयाकर वाचजस्ता सानो साइजका ग्याजेटका लागि लो पावर मोड पनि उपलब्ध छ । १२ लेयर सुरक्षा सुविधाहरू र धेरै पोर्टहरू (टाइप सी इनपुट, टाइप सी आउटपुट र दुईवटा युएसबी– ए आउटपुट) सहित, यो पावर बैंक पूर्णरूपमा चार्ज हुन करिब ६.९ घण्टा लाग्छ र जेट ब्ल्याक, नाइट्रो ग्रिन र टर्बो ब्लु रंगहरूमा उपलब्ध छ ।
शाओमी पावर बैंकहरूले फास्ट चार्जिङ, मजबुत बनावट र सुरक्षा सुविधाहरूलाई किफायती मूल्यमा ग्राहकहरूमा उपलब्ध गराएको कम्पनीको दाबी छ ।