काठमाडौं । नेपालका लागि होन्डा मोटर कम्पनीको आधिकारीक बितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिले नेपालमा प्रो होन्डा जेन्युइन इन्जिन आयललाई नयाँ ग्लोबल होन्डा ब्रान्डको रूपमा भित्र्याई बिक्रीवितरण सुरु गरेको छ ।
प्रो होन्डा आयल सवारीको इन्जिन लामो समयसम्म टिक्ने र वातावरणमा प्रदूषण कम गर्न मद्दत पुगोस् भनेर तयार गरिएको छ । यसको नयाँ प्रविधिले इन्जिनभित्रको घर्षणलाई कम गर्छ, जसले गर्दा गाडीमा पेट्रोल कम खपत हुने र मर्मत गर्न लाग्ने खर्चमा पनि कमी आउँछ । साथै, यसमा खिया लाग्न नदिने विशेष गुण भएकाले यसले इन्जिनका पार्टपुर्जाहरूलाई खियाबाट जोगाउने र समग्रमा इन्जिनको आयु अझ बढाउनेछ । स्याकार ट्रेडिङ कम्पनीका अनुसार प्रो होन्डा आयल वातावरणमैत्री हुनुका साथै आर्थिक भार पनि कम गर्ने भएकाले सवारी धनीहरूका लागि यसको प्रयोग गर्नु अत्यन्तै लाभदायक हुनेछ । इन्जिनलाई सुरक्षित राख्नुका साथै प्रो होन्डा आयलले इन्जिनको कार्यक्षमता समेत बढाउने कुरामा कम्पनी विश्वस्त रहेको छ ।
प्रो होन्डा आयल विभिन्न गुणस्तरीय भेरियन्टहरूमा उपलब्ध छन् । यसमा १० डब्लु ३० एमए नेपाल एक लिटर, त्यसपछि १० डब्लु ३० एमबी नेपाल शून्य दशमलव आठ लिटर, त्यसैगरी ५ डब्लु ३० एमए नेपाल शून्य दशमलव छ लिटर, साथै ५ डब्लु ३० एमबी नेपाल एक लिटर र अन्तमा होन्डा हाई पर्फमेन्स इन्जिन आयल एसएई १० डब्लु ३० रहेका छन् । यस नयाँ र गुणस्तरीय उत्पादनको लन्चसँगै होन्डाले नेपालका सवारीसाधन धनीहरूलाई उत्कृष्ट आयलको अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई पुनः दाहोर्याएको छ । ‘प्रो होन्डा आयल’ले नेपाली बजारमा सवारीसाधनको इन्जिनमा सुधार ल्याउने र ग्राहकहरूको विश्वास जित्ने अपेक्षा गरिएको छ ।
स्याकार टे«डिङ कम्पनी प्राइभेट लिमिटेड नेपालमा होन्डा मोटर कम्पनीको विगत ५५ वर्षभन्दा अघिदेखि आधिकारिक वितरक हो । यसले देशभरी होन्डाका उच्च गुणस्तरका उत्पादनहरू र उत्कृष्ट बिक्रीपश्चात् सेवाहरू प्रदान गर्दै आएको छ ।