काठमाडौं । सेयर कारोबारी दीपेन्द्र अग्रवाल काठमाडौंको टोखाबाट पक्राउ परेका छन् । अग्रवाललाई ठगी र विश्वासघातको आरोपमा पक्राउ गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ । उनले २२ करोड ठगी गरेको आरोप लागेको छ । सेयर लगानीकर्ताहरुलाई झुक्याउन करिब १५ वटा सेयर किनबेच गर्ने खाता चलाउने अग्रवालले सेयरको मुल्य बढाउन आफैंले एउटा खाताबाट किन्ने र अर्को खाताबाट बेच्ने गर्दै आएका थिए । सामाजिक संजाल मार्फत आफुले किनेको सेयर किन्न आह्वान गर्ने अग्रवाललाई सोझा लगानीकर्ताहरुलाई फसाउने गरेको समेत आरोप लाग्ने गरेको छ ।