काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालकमा विश्वप्रकाश गौतम नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको यही साउन पाँच गते सोमबार बसेको सञ्चालक समितिको बैठकले गौतमलाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंकका अनुसार उनी सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक नियुक्त भएका हुन् ।