काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले हकप्रद सेयरको बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीमा १० कित्ता बराबर तीन दशमलव ४७८३ कित्ताका दरले हकप्रद सेयरको बिक्री खुल्ला गरेको हो ।
कम्पनीको अनुसार यही साउन छ गते मंगलबारबाट सुरु भएको हकप्रद सेयरको बिक्री कार्य साउन २६ गतेसम्म कायम रहनेछ । निर्जीवन बीमा कम्पनीहरूको हकमा नेपाल बीमा प्राधिकरणले तोकेको चुक्ता पुँजी साढे दुई अर्ब कायम गर्नको लागि कम्पनीले हकप्रद सेयरको बिक्री खुला गरेको हो । हाल चुक्ता पुँजी एक अर्ब ८९ करोड रुपैयाँ रहेको कम्पनीको हकप्रद सेयरको बिक्रीपश्चात् चुक्ता पुँजी ६५ करोड ७६ लाख रुपैयाँ थप भई दुई अर्ब ५४ करोड रुपैयाँ पुग्नेछ ।