काठमाडौं । बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपलिका–३० बस्ने ४९ वर्षीया लता गुरुङ श्रेष्ठ र काठमाडौं महानगरपालिका–२९ बस्ने खोटाङ ऐसेलुखर्क गाउँपालिका–५ घर भएका ४९ वर्षीय वृहस्पति राई रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत काठमाडौंको २०८१ मंसिर १६ गतेको फैसलाले उक्त मुद्दामा दुई लाख २२ हजार रुपैयाँँ जरिबाना, एक दिन कैद र क्षतिपूर्तिबापत शुल्क आठ हजार आठ सय ८० रुपैयाँँ पीडित राहत कोषमा बुझाउनुपर्ने सजाय ठहर भई फरार रहेकी लतालाई काठमाडौं सितापाइलाबाट सोमबार पक्राउ गरेको हो ।