काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकले अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट पाउने भएका छन् । यससम्बन्धी समझदारीमा बैंकका सहायक महाप्रबन्धक तथा प्रमुख बजार अधिकृत दिलिप पोखरेल र अन्नपूर्ण न्यूरो अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा. शरदहरि गजु¥यालले हस्ताक्षर गरेका छन् ।
समझदारीअनुसार ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहक एवं बैंकको मोबाइल बैंकिङ ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरूले अन्नपूर्ण न्यूरो अस्पतालको सेवामा १० प्रतिशत छुट पाउनेछन् । अन्नपूर्ण न्यूरो अस्पतालले उपलब्ध गराउने सेवाहरू हेल्थ प्याकेज, प्याथोलोजी, रेडियोलोजी, एम्बुलेन्स सेवा, बेड शुल्क, सर्जरी तथा अन्य विभिन्न सेवा शुल्कहरूमा छुट पाइनेछ ।