काठमाडौ । ट्याग इन्टरनेसनल एकेडेमीको ब्रान्ड प्रतिनिधिमा गायक रवि ओड नियुक्त भएका छन् । रियालिटी कार्यक्रम ‘नेपाल आइडल’का विजेता ओडलाई ट्याग इन्टरनेसनल एकेडेमी नामक परामर्श संस्थाले ब्रान्ड प्रतिनिधि बनाएको हो ।
सांगीतिक यात्राबाट हासिल अनुभव र अन्तर्राष्ट्रिय पहुँचलाई उनले अब शिक्षा तथा परामर्श क्षेत्रमा प्रयोग गर्नेछन् । संस्थाका व्यवस्थापक रोजन रिसालले भने, ‘रवि ओडजस्ता सच्चा र प्रेरणादायी व्यक्तित्वसँग सहकार्य गर्नु हाम्रो लागि गौरवको विषय हो । उहाँको अन्तर्राष्ट्रिय अनुभव, संगीत क्षेत्रमा प्राप्त सफलता र युवासँगको आत्मीय सम्बन्धले संस्थालाई अझ नजिक र भरपर्दो बनाउनेछ ।’ रवि ओडले यो सहकार्यलाई आफ्नो ‘जीवनको अर्को महत्वपूर्ण अध्याय’का रूपमा लिएको बताए ।