काठमाडौ ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ रामेछापले थोपा सिँचाइ मार्फत दोलखाका १५ हेक्टर (किवी बगैंचा) जमिन सिंचित गरेको छ । दोलखाको प्रमुख व्यावसायिक बालीको रुपमा रहेको किवी फलको उत्पादन र उत्पादकत्व वृद्धि गर्नको लागी परियोजनाले थोपा सिँचाई मार्फत जमिन सिंचित गरेको हो । साथै कार्यलयले गुणस्तरीय किवीको उत्पादन र बजारीकरणलाई जोड दिदै आएको छ । गत आर्थिक वर्ष २०८१÷८२ मा कार्यलयले कृषकहरुलाई विभिन्न अनुदानहरु पनि उपलब्ध गराएको परियोजना कार्यान्वयन एकाइ रामेछापले जनाएको छ ।
परियोजनाले किवीको भण्डारण र प्याकेजिङ लेवलिङको लागी जिरी नगरपालिका–७, कलङमा कोल्ड च्याम्बर र प्याकेजिङ लेवलिङ हाउस स्थापना गरेको छ । यस्तै १०० हेक्टरमा क्षेत्रफलमा किवी बगैंचा व्यवस्थापन कार्यक्रमहरु ९तालिम अभिमुखीकरण र आधुनिकीकरण कृषि यन्त्र उपकरण ० सम्पन्न गरेको छ । यसको साथै ५० प्रतिशत अनुदानमा मिनिटिलर, स्प्रेयर र रिफ्याक्टोमिटर वितरण गरेको परियोजनाका प्रमुख थिरलाल गैरेले बताए । यस्तै किवी खेतीको लागी कार्यलयले जिआइ थाक्रा ५ सय ५१, बितरण, फलामे थाक्रा २ सय ७० वटा बितरण गरेको छ ।
‘स्वस्थ रसिलो स्वस्थकर छ खान, दोलखा जिल्लाको किवीको छुट्टै पहिचान’ भन्ने नारालाई आत्मसात गर्दै किवी जोन क्षेत्र दोलखामा रहेको कृषकहरुसँग साझेदारी गर्दै परियोजनाले आफ्ना कार्यक्रमहरु प्रभावकारी रुपमा अगाडि बढाएको जनाईएको छ ।