काठमाडौं । माछापुच्छ्रे क्यापिटलले विशेष लगानी योजना बिक्री गर्ने भएको छ । कम्पनीका अनुसार ५० करोड रुपैयाँबराबरको म्युचुअल फन्डको एकाइ बिक्री गर्नको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागिएको हो ।

क्यापिटलले प्रतिएकाइ १० रुपैयाँको दरले ‘माछापुच्छ्रे एसआईपी योजना’को पाँच करोड एकाइ बिक्री गर्न अनुमति मागेको हो । यो योजनाको व्यवस्थापक माछापुच्छ्रे क्यापिटल लिमिटेड रहेको र यो योजना खुलामुखी योजना भएको कम्पनीको भनाइ छ ।