लक्जेम्बर्ग । युरोपियन युनियनको एक अदालतले बुधबार ब्रसेल्सले क्रेडिट सुइसलाई विदेशी मुद्रा व्यापार कार्टेलमा संलग्न भएको आरोपमा लगाएको आठ करोड ३२ लाख युरो (९ करोड ८० लाख अमेरिकी डलर) जरिवानालाई घटाएर दुई करोड ८० लाख ९० हजार युरो कायम गरिएको छ ।
लक्जेम्बर्गस्थित जनरल कोर्टले युरोपेली आयोगको उक्त निष्कर्षलाई सदर गरेको छ । बैंकले सुइस प्रतिस्पर्धाविरोधी अभ्यासमा संलग्न रहेको तर सम्बन्धित जरिबानालाई घटाएर दुई करोड ८० लाख ९० हजार युरोमा झारेको छ ।
अदालतले भनेको छ, ‘आयोगले ‘क्रेडिट सुइसको बिक्रीको मूल्यको लागि प्रोक्सी निर्धारण गर्न’ प्रयोग गरेको तथ्यांक स्वीस ऋणदाताले प्रदान गरेको भन्दा कम विश्वसनीय थियो ।
‘युरोपियन एन्टिट्रस्ट रेगुलेटर कमिसन’ले आफूले लगाएको जरिबाना आधारभूत रकममा गलत गणनाका कारण बढी देखिएकोले बढी नै जरिबाना लगाइएको तर गल्तीलाई सुधार गरिएको छ’, अदालतले भनेको छ ।
उक्त फैसलाविरुद्ध ईयूको कोर्ट अफ जस्टिसमा अपिल गर्न सकिन्छ । क्रेडिट सुइस बैंकहरूको समूहमध्ये एक थियो जसलाई आयोगले लामो अनुसन्धानपछि सन् २०२१ मा कुल ३४ करोड ४० लाख यूरो जरिबाना लगाएको थियो ।
बैंकहरूको तर्फबाट काम गर्ने प्रमुख मुद्राहरूमा स्पट विदेशी विनिमय लेनदेनको प्रभारी व्यापारीहरूले कहिलेकाहीँ ‘स्टर्लिङ लाड्स’ नामक अनलाइन सन्देशमार्फत उनीहरूको व्यापार रणनीतिबारे समन्वय गरेका अनुसन्धानबाट जानकारी मिलेको छ । रासस/एएफपी