काठमाडौं । नेपालमा याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालिले तीन वटा नयाँ विद्युतीय सवारी साधन बजारमा ल्याउने भएको छ । याडियाको भिलक्स सिरिजका तीनवटा अत्याधुनिक इलेक्ट्रिक स्कुटरहरूको नाइमा मोबिलिटी सोमा आधिकारिकरूपमा सार्वजनिक गर्न लागिएको हो । कम्पनीले भिलक्स फास्ट चार्जिङ, भिलक्स यु र भिलक्स एचलाई सार्वजनिक गर्न लागिएको कम्पनीले जनाएको छ । यसमार्फत नेपाली सवारी प्रयोगकर्ताहरूले नयाँ युगको सहरी मोबिलिटी अनुभव गर्नेछन् ।
कम्पनीका अनुसार भिलक्स फास्ट चार्जिङ अब मात्रै २० मिनेटमा ८० प्रतिशत चार्ज हुनेछ । ७६ भी ३० एएच एलएफपी ब्याट्रीसहितको भिलक्स फास्ट चार्जिङ स्कुटरले एक सय १० किमीसम्मको रेञ्ज दिन्छ । यो स्कुटर द्रूत गतिमा काम गर्ने, डेलिभरी सेवामा संलग्न वा दैनिक यात्रा गर्नेहरूका लागि उपयुक्त विकल्प हो । यसमा ३२ सयबाट मोटर, ६२ किमी/घण्टा गति र एक सय ७२ एनएम टर्क रहेको छ ।
यसैगरी, कम्पनीको भिलक्स यु डुअल ७४ भी २० एएच ब्याट्री सिस्टमद्वारा सञ्चालित छ । यसले एक सय ४० किमीसम्म रेञ्ज प्रदान गर्ने कम्पनीले जनाएको छ । साथै, यसमा ४९ सय वाट शक्तिशाली मोटर, ८० किमी/घण्टा गति र १७६ एनएम टर्क रहेको छ । यसको ‘यु’ अर्थ नै अल्ट्रा पफर्मेन्स रहेको कम्पनीले जनाएको छ ।
कम्पनीको भिलक्स एच दैनिक प्रयोगकर्ताहरूका लागि सहज, भरपर्दो र सुलभ मूल्यमा उपलब्ध तर शक्तिशाली मोडेल हो । यसमा ७२ भए ३० एएच ब्याट्री छ, यसले एक सय किमीसम्म रेञ्ज दिन्छ । यसमा ३२ सय वाट मोटर, ६२ किमी/घण्टा टप स्पिड, र १७२ एनएम टर्क रहेको छ । यसको ‘एच’को अर्थ हाई पफर्मेन्स हो ।