काठमाडौँ । सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति भवन शितल निवासमा भेट गरेका छन् । सभामुख घिमिरे सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुन जुलाई २७ मा जेनेभा जाने कार्यक्रम छ ।

जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने संसद्का सभामुखहरूको विश्व सम्मेलनमा नेपालको सहभागिताबारे सभामुख घिमिरेले राष्ट्रपति पौडेललाई जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।