मटिहानी (महोत्तरी) । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका ८ को बिग्ही नदीमा निर्माण गरिएको पुलको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।
सो पुलको उद्घाटनको अवसरमा महोत्तरी क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर, श्रम तथा रोजगारमन्त्री शरतसिंह भण्डारी, मधेश प्रदेशका प्रदेश प्रमुख सावित्री भण्डारी, मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलगायतको उपस्थिति थियो ।
७ करोड ५७ लाख ८० हजार २८३ रुपियाँमा कालिका कन्सट्रक्सन प्रा.लि.भरतपुर चितवनले निर्माण गरेको सो पुल ५० मिटरको छ । यो भन्दा अगाडि रहेको पुल सानो तथा साँघुरो भएकोले आवतजावतमा समस्या हुँदै आएको थियो ।