काठमाडौँ, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ हटाउने प्रयासप्रति नेकपा एमालेमाथि व्यंग्य गर्दै "अन्ततः म्याउँ गर्‍यो" टिप्पणी गरेका छन्।शुक्रबार काठमाडौँको सितापाइलास्थित सहिद शिक्षक स्मृति केन्द्रमा बहुउद्देश्यीय भवन उद्घाटन गर्दै प्रचण्डले संघीय निजामती सेवा ऐनमा भएको किर्ते प्रक्रियामा एमालेको दोहोरो भूमिकामाथि प्रश्न उठाए। उनले भने, “कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउँ गर्‍यो।” विधेयकमा एमालेकै संशोधन प्रस्ताव प्रतिनिधिसभाबाट सन्देशसहित राष्ट्रिय सभामा पुगेको विधेयकमा कुलिङ अफ पिरियड सम्बन्धी प्रावधान हटाउन एमालेका प्रमुख सचेतक गोपाल भट्टराईसहित पाँच सांसदले संशोधन दर्ता गराएका छन्। तीमध्ये सोनाम गेल्जेन शेर्पा, इन्दिरादेवी गौतम, रुक्मिणी कोइराला र सुमित्रा बीसी रहेका छन्। असार ३१ देखि राष्ट्रिय सभामा उक्त विधेयकमाथि सैद्धान्तिक छलफल भइरहेको छ। एमालेभित्र वैचारिक संकटको संकेत कार्यक्रमकै क्रममा प्रचण्डले एमाले र कांग्रेस दुवै सत्तारुढ दलमा ‘वैचारिक नेतृत्वको खडेरी’ रहेको आरोप लगाए। उनले विशेषगरी एमालेभित्र अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको विवादलाई इंगित गर्दै भने, "एमालेभित्र वैचारिक संकट छ, जबजको उत्तराधिकारी को हो भन्ने स्पष्ट छैन।" प्रचण्डले ओलीमाथि अझ कडा टिप्पणी गर्दै भने, "ओलीले मदन भण्डारीविरुद्ध चार श्रीमती राखेको र सहकारी ठगी गरेको जस्ता झुटा आरोप लगाएर वैचारिक दिशाहीनता देखाएका छन्।" भण्डारी–ओली टकराव चुलिँदै एमालेको पछिल्लो केन्द्रीय कमिटी बैठकले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीको सदस्यता खारेज गर्दै पार्टी गतिविधिमा रोक लगाउने निर्णय गरेको छ। तर, भण्डारीले पत्रकार सम्मेलनमार्फत आफूलाई मदन भण्डारीले दिलाएको सदस्यता कुनै निर्णयले हटाउन नसक्ने चेतावनी दिएकी छन्। भण्डारी आगामी महाधिवेशनमा अध्यक्षको दाबेदार बन्ने तयारीमा छन् भने अध्यक्ष ओली पक्ष भने उनको सक्रियता रोक्न संस्थागत निर्णयमार्फत अघि बढेको देखिन्छ।