काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्थाले आर्थिक बर्ष २०८१/०८२मा पाँच करोड ११ लाख ९८ हजार छ सय रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा दुई करोड १२ लाख ७७ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १२ करोड २४ लाख ४३ हजार चार सय ५० रुपैयाँ रहेको संस्थाले आव २०८१/०८२मा ४६ करोड १५ लाख ९४ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ९२ करोड ९१ लाख ७९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा १३ करोड ५२ लाख ६० हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा एक दशमलव ५८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले ३४ करोड ९१ लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ६६ करोड ७८ लाख ३० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा आठ करोड २९ लाख ९९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा एक दशमलव ८२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।