काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८१/०८२मा ५३ करोड ७० लाख ९५ हजार एक सय १२ रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने बैंकको यस्तो नाफा ५० करोड ४२ लाख ८० हजार चार सय ५३ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी तीन अर्ब ५५ करोड ६२ लाख ५५ हजार सात सय २० रुपैयाँ रहेको बैंकले आव २०८१/०८२मा ५४ अर्ब ६६ करोड ८४ लाख ९४ हजार तीन सय ८९ रुपैयाँ निक्षेप संकलन गरी ४३ अर्ब दुई करोड १४ लाख ८६ हजार सात सय २५ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ८८ करोड नौ लाख तीन हजार ८९ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा पाँच दशमलव ६४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
अघिल्लो आवमा भने बैंकले ५४ अर्ब दुई करोड ८१ लाख चार हार तीन सय ५८ रुपैयाँ निक्षेप संकलन गरी ४१ अर्ब ७८ करोड ६९ लाख ७० हजार पाँच सय ६९ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ९० करोड ६८ लाख ६३ हजार तीन सय ५१ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ९३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।