काठमाडौं । बतास एमएडब्ल्यु कमर्सियल भेहिकलले भोल्भो आइसरको ‘सर्वश्रेष्ठ वितरक–दक्षिण एसिया’ को उपाधि हात पारेको छ ।
भोल्भो आइसर कमर्सियल भेहिकलले हालै मलेसियामा आयोजना गरेको अन्तर्राष्ट्रिय वार्षिक डिलर सम्मेलनमा बतास एमएडब्ल्युलाई ‘सर्वश्रेष्ठ वितरक– दक्षिण एसिया’ पुरस्कारबाट सम्मानित गरिएको हो । यो पुरस्कार भोल्भो आइसरका एमडी तथा सीईओ विनोद अग्रवालले एमएडब्ल्यु इन्टरप्राइजेजका भाइस प्रेसिडेन्ट हेमन्त पुराणिक र बतास एमएडब्ल्यु कमर्सियल भेहिकलका एमडी शान्ता राजदूतासलाई प्रदान गरेका थिए । कम्पनीका अनुसार दक्षिण एसिया भोल्भो आइसरको अन्तर्राष्ट्रिय व्यापारका लागि सबैभन्दा महत्वपूर्ण क्षेत्रहरूमध्ये एक हो । यस क्षेत्रमा उत्कृष्ट वितरकको रूपमा सम्मानित हुनु कम्पनीको लागि एउटा ऐतिहासिक उपलब्धि भएको जनाइएको छ ।
बिक्री तथा बिक्रीपछिको सेवावृद्धि, बजार साझेदारीजस्ता विभिन्न पक्षहरूको गहन मूल्याङ्कनको आधारमा यो पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ । नेपालमा भोल्भो आइसर कमर्सियल भेहिकलको बिक्री, वितरण र बिक्रीपछिको सेवा विगत एक वर्षमा दोब्बर भएको कम्पनीको दाबी छ । कम्पनीले भर्खरै सुरु गरेको प्रिमियम लक्जरी कोच, ‘म्याजेस्टिक’, नेपालमा तीव्र बिक्री हुने प्रिमियम कोच वनेको छ ।