वासिङ्टन डिसी ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली संघ (ईयू)सँग संयुुक्त राज्य अमेरिकाको व्यापार सम्झौता हुने सम्भावना ५० प्रतिशत रहेको बताएका छन् । ईयूकी प्रमुख उर्सुला भान डर लियनले सप्ताहान्तमा उनीसँगको भेटघाट हुने घोषणा गरेलगत्तै ट्रम्पले सम्झौताको सम्भावनाबारे उल्लेख गरेका हुन् ।
अमेरिकाको व्यापारघाटा कटौतीको उपाय खोेजिरहेका उनले दर्जृन बढी देशहरुलाई अतिरिक्त कर थोपर्दैै अगस्ट १ सम्म वासिङटन आएर छलफल गर्न भनेका छन् ।
‘मलाई लाग्छ, सम्झौताको अवसर ५०/५० प्रतिशत छ’, स्कटल्यान्ड जानुअघि उनले भने, ‘अझ त्यतिभन्दा पनि कम देख्छु, तर अहिलेलाई त्यति नै छ भनौैँ ।’ उनको प्रशासनले ९० दिनमा ९० सम्झौता गर्ने प्रतिबद्धता जनाएको थियो । गत अप्रिलमा बढेको शुल्क लागू गर्न भने केही ढिलाइ गरिएको थियो । तर हालसम्म पाँचवटा मात्रै यस्ता सम्झौता भएका छन् । बेलायत, जापान र फिलिपिन्ससहित यी देशसँग सम्झौता भएको हो ।
ईयूूका २७ देशहरुले युरोपेली संघलाई अमेरिकी उच्च शुल्क टार्न सम्भावित सम्झौतामा केन्द्रित हुने अख्तियारी दिएको छ । जुलाईको अन्त्यसम्म सम्झौता नभए ३० प्रतिशत थप शुल्कको भार पर्ने भएकाले पनि २७ देशहरु सकेसम्म सम्झौता गर्न चाहिरहेका छन् । समाचार संस्था एएफपीका अनुसार ब्रसेल्स र वासिङटन सम्झौताको नजिक पुगिसकेका छन् । कूटनीतिक स्रोतलाई उद्धृत गर्दै जनाइएअनुसार युरोपेली वस्तुको अमेरिकी आधारशुल्क १५ प्रतिशत राख्न सकिनेछ ।
यद्यपि ईयू सदस्यराष्ट्रहरुले बिहीबार नै १ खर्ब ९ अर्ब डलरबराबरका अमेरिकी वस्तुहरुमा कर लगाउने प्रस्तावलाई समर्थन गरेका छन् । यसकारण ईयू–अमेरिका सम्झौता नभए अगस्ट ७ बाट युरोपले पनि अमेरिकी वस्तुमाथि शुुल्क लगाउने देखिएको छ । यद्यपि ट्रम्प र उर्सुला भेटले यसबारे निक्र्योल हुुनेछ ।
उक्त दुई जनाले आइतबार भेटेरै यसबारे छलफल गर्ने तय भएको उर्सुलाले सामाजिक सञ्जाल ट्विटरमा उल्लेख गरेकी छिन् । ‘ट्रम्पसँग फोनवार्ता भयो । हामी आइतबार स्कटल्यान्डमा वार्ता गर्दै छौँ’, उनले भनेकी छिन्, ‘कसरी दुई पक्षबीचकोे व्यापाारिक सम्बन्ध मजबुत गर्न सक्छौँ भनेर लागिरहेका छौैँ ।’