काठमाडौं । शेयर बजार परिसुचक नेप्से ओरालो लागेको छ । साताको सुरुवाती कारोबार दिन आज आईतबार नेप्से परिसुचक १८ दशमलव ४४ अंकले ओरालो लागेर २९ सय ६४ दशमलव २० बिन्दुमा खुम्चिएको हो । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव २६ अंकले ओरालो लागेर पाँच सय १३ दशमलव ८७ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय २३ वटा कम्पनीहरुको दुई लाख तीन हजार छ सय ५८ पटकको कारोबारमा पाँच करोड ८६ लाख ५३ हजार सात सय ६२ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम २६ अर्ब ५७ करोड ७४ लाख ३८ हजार दुई सय ३७ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बिकास बैंक, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् । यि बाहेकका बाणिज्य बैंक, फाईनान्स, होटल तथा पर्यटन, जलबिद्युत, लगानी, जीवन बीमा, निर्जीवन बीमा र अन्य उपसमुहको सुचक भने ओरालो लागेका छन् ।