काठमाडौं । सिन्धुलीको गोलान्जोर गाउँपालिका ६ बागेश्वरबाट घर छोडेर ‘सम्पर्कविहीन’ बनेको हायु परिवारका सबै जना कास्कीमा भेटिएका छन् । सोमबार उनीहरु स–परिवार सम्पर्कविहीन रहेको थाहा भएपछि व्यापक खोजी गरिएको थियो ।
तर रातितिर उनीहरु पोखरा महानगरपालिकाको गगनगौँडामा फेला परेका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीले दुई घरमा बसिरहेको अवस्थामा उनीहरु फेला परेको जानकारी दिएको छ । प्रहरीका अनुसार पोखरा महानगर ३० स्थित चन्द्र भण्डारी र सोमनाथ पौडेलको घरमा १६ जना बसिरहेको अवस्थामा फेला परेका थिए । शनिबार पोखरा पुगेका उनीहरु एक रात होटल बसाइपछि भण्डारी र पौडेलकहाँ बास मागेर बसिरहेका थिए ।