काठमाडौं । साताको दोस्रो कारोबार दिन पहिले घटेको बजार पछि फेरि बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कारोबार बन्दपछि परिसूचकको भारित औसत गणनामा गडबडी गर्दा सोमबार घटेको सूचक पुनः बढेको हो ।
प्राविधिक कारण भन्दै नेप्सेले पछि अंक सच्याएको थियो । त्यसअघि नेप्से २.०७ अंकले घटेर २९६२.१३ विन्दुमा थियो । तर ‘प्राविधिक समस्या समाधान गरेपछि’ भने सूचक फेरि ७.१० अंकले बढेर २९७१.३१ विन्दुमा चढेको छ ।
यसका लागि नेप्सेले माफी समेत मागेको छ । ‘नेप्सेको कारोवार प्रणालीमा कारोवार समय पश्चात परिसूचकको भारित औषत गणना गर्ने क्रममा प्राबिधिक कारणले फरक अंक देखिएकोमा उक्त समस्या समाधान गरिएको व्यहोरा अनुरोध गर्दछौं । यसबाट सम्पूर्ण सरोकारवालामा पर्न गएको असुविधाको लागि क्षमा प्रार्थी छौँ’, नेपाल स्टक एक्सचेन्जले निकालेको सूचनामा उल्लेख छ ।
शेयर बजार परिसुचक उकालो लागे पनि अघिल्लो दिनको तुलनामा सेयर कारोबार रकम भने घटेको छ । आइतबार २६ अर्ब ५७ करोडको कारोबार भएकामा ७ अर्ब २१ करोडले कमी आउँदा १९ अर्ब ३६ करोडको मात्र किनबेच भएको हो । अघिल्लो दिन सेयरबजार १८ दशमलव ४४ अंकले खुम्चिएको थियो ।
सोमबार क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव पाँच अंकले उकालो लागेर पाँच सय १४ दशमलव ९३ बिन्दुमा चढेको छ । तीन सय २१ वटा कम्पनीहरुको एक लाख ७० हजार सात सय २६ पटकको कारोबारमा चार करोड ४१ लाख २४ हजार नौं सय २४ कित्ता शेयर खरिद बिक्री भएकाछन् ।
धितोपत्र बजारमा यसदिन १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये पाँच वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् भने बाँकी उपसमुहहरुको सुचक ओरालो लागेका छन् । बाणिज्य बैंक उपसमुहको सुचक शुन्य दशमलव २४ अंकले उकालो लागेर १५ सय ३७ दशमलव छ बिन्दुमा चढेकोमा बिकास बैंक उपसमुहको सुचक पनि एक सय ९३ दशमलव ६८ अंकले उकालो लागेर छ हजार पाँच सय ५७ दशमलव ३५ बिन्दुमा चढेको छ ।
फाईनान्स उपसमुहको सुचक पनि ७२ दशमलव ८९ अंकले उकालो लागेर २७ सय १७ दशमलव ५९ बिन्दुमा चढेकोमा उत्पादनमुलक र व्यापार उपसमुहको सुचक पनि क्रमशः एक सय ७७ दशमलव ७४ र एक सय ४१ दशमलव ११ अंकले उकालो लागेका छन् । जलबिद्युत उपसमुहको सुचक भने नौं दशमलव ५९ अंकले ओरालो लागेर तीन हजार आठ सय ८९ दशमलव १४ बिन्दुमा खुम्चिएको छ ।
जीवन बीमा उपसमुहको सुचक पनि ८२ दशमलव २४ अंकले ओरालो लागेर १४ हजार एक सय सय ११ दशमलव १३ बिन्दुमा खुम्चिदा निर्जीवन बीमा उपसमुहको सुचक पनि ९६ दशमलव २६ अंकले ओरालो लागेर १३ हजार तीन सय ५४ दशमलव ४६ बिन्दुमा खुम्चिएको छ । होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष र अन्य उपसमुहको सुचक पनि क्रमशः १३ दशमलव ४६, शुन्य दशमलव १२, १६ दशमलव २६, शुन्य दशमलव शुन्य तीन र १८ दशमलव ८५ बिन्दुले खुम्चिएका छन् ।
यसदिन बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा समता घरेलु लघुवित्त वित्तीय संस्था परेको छ । यो कम्पनीको प्रतिकित्ता शेयर मुल्य नौं दशमलव ९९ प्रतिशतले बढेर १२ सय ५६ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता शेयर कारोबार हुँदा बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको बिन्धवासिनी हाईड्रोपावर कम्पनी प्रतिकित्ता शेयर मुल्य आठ दशमलव ४९ प्रतिशतले घटेर छ सय २३ रुपैंयाँ ७५ पैसामा प्रतिकित्ता कारोबार भएको छ । बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने शिवम सिमेन्ट कम्पनी परेको छ । यो कम्पनीको प्रतिकित्ता छ सय ८९ रुपैयाँ ९० पैसा अन्तिम मुल्यमा ९२ करोड ५७ लाख ८२ हजार सात सय ६० रुपैंयाँको शेयर किनबेच भएको छ ।