काठमाडौं । शेयर बजार परिसुचक नेप्से अन्तत तीन हजार बिन्दुबाट पनि माथि उक्लिन सफल भएको छ । अघिल्लो दिन सात दशमलव १० अंकले उकालो लागेको नेप्से परिसुचक आज मंगलबार पुन ३० दशमलव ४९ अंकले उकालो लागेर तीन हजार एक दशमलव ८० बिन्दुमा कायम रहन सफल भएको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव १८ अंकले उकालो लागेर पाँच सय १८ दशमलव ११ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय २१ वटा कम्पनीहरुको एक लाख ५७ हजार पाँच सय २५ पटकको कारोबारमा चार करोड १८ लाख आठ हजार नौं सय ६६ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही आधारमा आज कुल कारोबार रकम १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार आठ सय ८५ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बिकास बैंक र फाईनान्स उपसमुहको सुचक ओरालो लागेका छन् भने बाणिज्य बैंक, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका ११ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।