काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंको महाराजगञ्जमा रहेको अबरोड टुर्स एन्ड ट्राभल्समा छापा मारेको छ । भिजिट भिसामा स्पेन पठाएर मानव तस्करी गरेको बारेमा हाल सीआईबीले अनुसन्धान गरिरहेको छ । सोही सिलसिलामा छापा मारी केही कागजातहरू नियन्त्रणमा लिएको हो ।
सीआईबीका एसएसपी होविन्द्र बोगटी नेतृत्वको छानबिन समितिले उक्त ट्राभल्समा छापा मारेको हो । स्रोतका अनुसार अहिले केही कागजात र डिजिटल डिभाइसहरू नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणलाई लक्षित गरेर संयुक्त राष्ट्र संघको कार्यक्रममा भन्दै ट्राभल्स एजेन्सी र एनजीओहरूले स्पेनमा मान्छे पठाएको आरोप छ । यसबारे संसद्मा समेत छानबिन गर्नुपर्ने आवाज उठेको थियो ।