काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख राजेश झाविरुद्ध बलात्कार आरोपमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा दायर गरेको हो ।
उनी साउन ४ गते पक्राउ परेका थिए । उनीविरुद्ध अनुसन्धान सकेर प्रहरीले बुझाएको प्रतिवेदनको आधारमा मुद्दा दायर गरिएको हो । एक युवतीले उनीविरुद्ध आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन् । नयाँबानेश्वर बस्ने गरेकी ती युवतीले आफ्ने डेरामा झाले बलात्कार गरेको आरोप लगाएकी थिइन् ।
पहिलेदेखि नै चिनजान रहेको फाइदा उठाउँदै झाले गत वर्ष जेठ ४ मा बलात्कार गरेको ती युवतीको आरोप छ । आरोपसँगै झाविरुद्ध अनुसन्धान अघि बढेको थियो ।