काठमाडौं, दक्षिण एसियाली युवा नेतृत्व विकासको दिशामा एक ऐतिहासिक पाइला चाल्दै, जुनियर चेम्बर इन्टरनेशनल (JCI) नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय महत्वको South-Asian Academy for International Leadership (SAAIL – नेपाल २०२५) आयोजना गर्न लागेको छ। “Bridging Nations – Building Leadership” नारासहित यहि जुलाई ३१ देखि अगस्ट ३ सम्म थमेलस्थित Aloft Hotel मा कार्यक्रम भव्य रूपमा सम्पन्न हुने तयारी अन्तिम चरणमा पुगेको छ।
यो कार्यक्रम नेपाल जेसीजकी राष्ट्रिय अध्यक्ष रञ्जनी थापाको दूरदर्शी नेतृत्वमा सम्भव भएको हो भने यसको निर्देशकको भूमिका पूर्व राष्ट्रिय अध्यक्ष तथा सिनेटर प्रज्ञा राज राजभण्डारीले निर्वाह गर्नेछन्।
साझा अवधारणाबाट ऐतिहासिक कार्यान्वयनसम्म
SAAIL को अवधारणा सन् २०२५ मा मंगोलियाको उलानबटारमा सम्पन्न JCI Asia-Pacific Conference (ASPAC) मा नेपाल, भारत, श्रीलंका र बंगलादेशबीच भएको MOU बाट जन्मिएको हो। उक्त सम्झौता अनुसार हरेक वर्ष फरक दक्षिण एसियाली मुलुकमा आयोजना गरिने कार्यक्रमको पहिलो संस्करण नेपालमा आयोजना हुनु गौरवको विषय हो।
SAAIL – नेपाल २०२५ का उद्देश्यहरू
युवा नेतृत्व क्षमताको बहुआयामिक विकास
दक्षिण एसियाली राष्ट्रबीच आपसी समझदारी, मित्रता र सहकार्य प्रवर्द्धन
नेपाली संस्कृति, पर्यटन र पहिचानको अन्तर्राष्ट्रिय प्रचार
नवप्रवर्तन, उद्योग र लगानी सम्भावनामा अन्तर्राष्ट्रिय ध्यान केन्द्रित
दीर्घकालीन सञ्जाल तथा क्षेत्रीय साझेदारीको निर्माण
मुख्य विशेषताहरू
नेतृत्व विकास कार्यशालाहरू – नीति, उद्यमशीलता, नवप्रवर्तन, सार्वजनिक संवाद
सांस्कृतिक भ्रमण – काठमाडौं, लुम्बिनी, पोखरा, भक्तपुर, स्वयम्भू, पाटन लगायत स्थलहरूको अवलोकन
क्षेत्रीय फेलोसिप र साँस्कृतिक उत्सव
विशिष्ट उद्घाटन र समापन समारोह – राष्ट्रिय र अन्तर्राष्ट्रिय विशिष्ट अतिथिहरूको उपस्थिति
नेपाली झाँकी र सांस्कृतिक प्रदर्शन
Jaycees in Business कार्यक्रम – श्रीलंका राजदूतावास र JCI Sri Lanka को सहकार्यमा, महामहिम पूर्ण बहादुर नेपालीको आतिथ्यमा
प्रत्याशित सहभागिता र व्यवस्थापन
कार्यक्रममा JCI Asia-Pacific का कार्यकारिणी उपाध्यक्ष Mark Joseph David, उपाध्यक्ष Hiroki Tomori, अन्तर्राष्ट्रिय पदाधिकारीहरू, सिनेटरहरू, युवा उद्यमी र दक्षिण एसियाली राष्ट्रका नेतृत्वकर्ता सहभागी हुने अपेक्षा गरिएको छ। सहभागीहरूको सम्पूर्ण आतिथ्य, आवास, भोजन र आन्तरिक भ्रमणको व्यवस्था JCI नेपालले गरिरहेको छ।
नेपालबाट सुरु साझा भविष्यको यात्रा
कार्यक्रम निर्देशक प्रज्ञा राज राजभण्डारी भन्छन्,
“SAAIL केवल नेतृत्व विकासको कार्यक्रम होइन, यो दक्षिण एसियाको साझा भविष्य निर्माणतर्फको अभियान हो। नेपालबाट सुरु भएको यो यात्रा सम्पूर्ण क्षेत्रको एकता र सहकार्यको सम्भावना बोकेको छ।”
अन्तर्राष्ट्रिय समुदायलाई हार्दिक निमन्त्रणाः
नेपालको सांस्कृतिक र प्राकृतिक सौन्दर्य, युवा ऊर्जा र नेतृत्व क्षमताको संगम बनेको यो कार्यक्रममा सहभागी हुन सम्पूर्ण अन्तर्राष्ट्रिय प्रतिनिधिहरूलाई JCI नेपालद्वारा हार्दिक स्वागत गरिएको छ।
SAAIL – नेपाल २०२५ मार्फत नेपालले एक अन्तर्राष्ट्रिय मञ्च प्रदान गर्दै, युवा नेतृत्व, सहकार्य र लगानीमैत्री वातावरण निर्माणमा नयाँ अध्यायको सुरुवात गर्ने विश्वास लिइएको छ।