काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/०८२मा नौ करोड ४४ लाख १८ हजार छ सय सात रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा छ लाख ८० हजार नौ सय ७१ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ३६ करोड ७१ लाख ४३ हजार चार सय नौ रुपैयाँ रहेको संस्थाले आव २०८१/०८२मा एक अर्ब ८९ करोड ४९ लाख दुई सय ८१ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ३१ करोड ५२ लाख ६५ हजार चार सय ९२ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ३७ करोड दुई लाख ५४ हजार छ सय १३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव १३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले एक अर्ब ५८ करोड २० लाख ६४ हजार एक सय ८० रुपैयाँ निक्षेप संंकलन गरी चार अर्ब २४ करोड २५ लाख ३५ हजार तीन सय ७६ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २८ करोड सात लाख २८ हजार १२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव २१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।