काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीन जना ‘बोर्ड अफ ट्रेड’ मा विज्ञ सदस्य नियुक्त गरेको छ । निजी क्षेत्रका तीन प्रतिनिधिहरू कुशकुमार जोशी, विदुषी राणा र ज्योत्र्सना श्रेष्ठलाई ‘बोर्ड अफ ट्रेड’ को विज्ञ सदस्यमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको व्यापार नीति तथा व्यापार सहायता शाखाबाट जारी गरिएको नियुक्ति पत्रअनुसार तीनै जनालाई वाणिज्य नीति २०८१ को बुँदा १३ को व्यवस्थाअनुसार बोर्ड अफ ट्रेडमा नियुक्त गरिएको छ । मन्त्रालयका अनुसार यो नियुक्ति २०८२ साउन १३ गतेको मन्त्रीस्तरीय निर्णयानुसार गरिएको हो । विद्यमान वाणिज्य नीतिमा व्यापार सुधार गर्ने, निजी क्षेत्रको सक्रियता, नीतिनिर्माणमा समन्वय र सरकारी तथा निजी क्षेत्रबीच सहकार्य मजबुत बनाउने बोर्ड अफ ट्रेडको भूमिकालाई महत्वपूर्ण आधारका रूपमा लिइएको मन्त्रालयले जनाएको छ ।